गृह मन्त्रालयमा गुनासो सुनुवाई कक्ष स्थापना

सुरक्षा सम्बादाता १३ मङ्सिर २०८१ काठमाडौं । नेपाल सरकार-गृह मन्त्रालयमा ‘गुनासो सुनुवाई कक्ष’ को स्थापना गरिएको छ । मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको सम्बोधन गर्न गुनासो सुनुवाई कक्षको सञ्चालन गरिएको बताइएको छ ।

Advertisement 1

सो कक्षबाट गुनासो सम्बोधनका लागि विभिन्न व्यवस्था मिलाएको मन्त्रालयको दाबी  छ । मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरु सेवाग्राहीले सम्बन्धित निकायको हकमा सोही निकायको प्रमुख, विभागीय प्रमुख र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी समक्ष गर्न सक्नेछन् ।

यसरी प्राप्त हुने गुनासोलाई सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत प्राथमिकताका साथ सुनुवाई र फछ्र्यौट गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

Advertisement 2

साथै, सम्बन्धित निकायबाट गुनासो सुनुवाई हुन नसकेमा ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’मा जानकारी गराउन सकिनेछ । कक्षको इमेल ठेगाना, फेसबुक, ह्वाट्सएप नम्बर ९८५१३६०६२३ र हुलाकमार्फत् समेत गुनासो पठाउन सकिने व्यवस्था मिलाइएको छ ।।

Advertisement 3

 

 

 

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs