स्थानीय जनप्रतिनिधिहरुकालागि मानसिक स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

सुरक्षा संवाददाता
१४ मंसिर २०८१ कोहलपुर ; बिहिवार बाँकेको कोहलपुर नगरपालिका भित्रका स्थानीय जनप्रतिनिधिहरुका लागि मानसिक स्वास्थ सचेतना कार्यक्रम सम्पन्न भएको छ। रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका उप-प्रमुख संगीत सुवेदीको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष डाक्टर प्रचण्ड गौतमको सभापतित्त्वमा सम्पन्न भको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। मुख्य प्रशिक्षक नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर प्रदीप पाण्डे रहेको कार्यक्रममा रोटरी क्लब अफ काठमाडौका पुर्व अध्यक्ष लगायत रोटरी क्लब अफ सेन्ट्रल बाँकेका सम्पुर्ण पदाधिकारीहरुको उपस्तिथि रहेको थियो। पछिल्लो समय मानव जातिमा मानसिक रोगको गति अत्याधिक बढ्दै गएकोले समयमै ध्यान दिन जरुरी रहेको भन्दै प्रमुख अतिथि समेत रहेकी कोहलपुर नगरपालिकाका उप प्रमुख सुवेदीले आयोजक संस्थालाई धन्यवाद दिदै कोहलपुर नगरपालिकाले यस्तो कार्यक्रमका लागि बजेट ब्यवस्थापन गर्दै आएको समेत बताउनु भएको हो। कार्यक्रममा कोहलपुर डेण्टल अस्पतालले सहयोग गरेको थियो भने मिडिया पार्टनरको रुपमा सुरक्षा रास्ट्रीय दैनिक रहेको कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष रिटरियन किशोर कृष्ण भण्डारीले गर्नु भएको थियो।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs