कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

सुरक्षा संवाददाता १५ मंसिर २०८१ सुर्खेत ;कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न
भएको छ। कर्णाली प्रदेश योजना आयोगले ०८१/८२ देखि ०८५/८६ सम्मको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि आज कर्णालीमा कार्यरत प्राज्ञिक व्यक्तित्व र सञ्चारकर्मीहरूसँग छलफल सम्पन्न गरेको हो। छलफल कार्यक्रमको उद्घाटन मुख्यमन्त्री तथा आयोगका अध्यक्ष यामलाल कँडेलले गर्नुभएको थियो। शुक्रबार आयोजना भएको छलफलमा मुख्यमन्त्री कँडेलले नितिमा जाेड दिदै कर्णाली प्रदेश सरकार र सराेकारवाला सबैका लागि मार्गनिर्देश गर्ने र सबैले ग्रहण गर्न लाएक पारितउन्मुख दस्ताबेज तयारीमा रहेकाे बताउनु भएकाे हो। कार्यक्रमा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको मन्तव्य सहित याेजना आयाेगले समष्टिगत रूपमा समृद्ध कर्णाली निर्माणका लागि सुशासन, सामाजिक न्याय र सबैले स्वीकार गर्न सक्ने नीति र योजना बन्न लागेकाेमा खुसी ब्यक्त गर्नु भएकाे हो। कार्यक्रममा आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगिले जिल्लागत विषयगत ,मन्त्रालयगत,प्रदेश सभाका माननीयहरु,बिकास साझेदार ,निजि सहकारी क्षेत्र संग र लक्षित बर्ग संग बसेर सुझाव संकलन गर्ने गरिएको र अब पारित उन्मुख रहेको बताउदै  मस्यौदा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत तथा उद्वेश्य माथि प्रकाश पार्दै प्रदेश याेजना आयाेगका सदस्य माननीय अशाेक नाथ याेगीले कर्णाली प्रदेश याेजना आयोगले बिभिन्न चरणमा विभिन्न निकाय बाट प्राप्त सुझावहरूलाई समेट्दै शक्तिशाली,बैभवशाली, र समृद्धशाली कर्णाली निर्माणको परिकल्पना गरेको बताउनु भएको हो। छलफलमा उपस्थित सरोकारवाला र संचारकर्मिहरुको रायसुझाव समेत राख्नु भएको थियो।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs