माओवादी केन्द्रका २८ वर्षीय सुनिल कापर केवट निर्वाचित

 

Advertisement 1

सुरक्षा सम्बादाता १७ मङ्सिर २०८१ धनुषा : नेपाली काँगेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाको गृह वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।

Advertisement 2

माओवादीका कापरले ६ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३२ वर्षीय अशोक कुमार ६ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका २९ वर्षीय उम्मेदवार अजय कुमार यादव ४ सय ९९ मत ल्याएर तेस्रो भए । नेकपा एमालेका उम्मेदवार ४९४ मतसहित चौथों स्थानमा झरे।

Advertisement 3

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट दोस्रोपट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि यहाँ उप–निर्वाचन भएको हो। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका माओवादीका कापर उप–निर्वाचनमा जित हात पार्न सफल हुँदा दोस्रो भएका एमालेका यादव यसपटक चौथों स्थानमा पुगेका छन्।।


प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs