रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार बिजयी

सुरक्षा सम्बादाता १७ मङ्सिर २०८१ रुकुम: रुकुम पूर्व —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् ।

Advertisement 1

कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।

Advertisement 2

पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।

Advertisement 3

 

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

उपाध्यक्षमा निर्वाचित नरपुरा वुढा गाउँ तहमा रहेका माओवादी केन्द्रमा सक्रियताका साथ काम गरिरहेको व्यक्ति भएको माओवादी जिल्ला संयोजक कुरमारी बरालले बताइन् । ‘उहाँ अहिले पार्टीको पालिका सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा सदस्य हुनुहुन्छ,’ उनले भनिन् ‘यसअघिको हाम्रो उपाध्यक्षको दु:खद् निधन भएका कारण उपनिर्वाचन गर्नुपर्ने अवस्था आयो । यस निर्वाचनबाट उहाँको दिदी निर्वाचित हुनुभयो । यो परिणामले हाम्रो पार्टीको जनमतको कदर त भयो नै सँगसँगै स्वर्गिय भुपन्द्राप्रति पनि जनताबाट सम्मान प्रकट भएको छ ।’


०७९ को निर्वाचनमा माओवादी केन्द्रकी बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन् । त्यस्तै दोस्रो स्थानमा रहेकी कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० मत ल्याएकी थिइन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत ल्याएकी थिइन् । यस पटक भने माओवादीविरुद्ध सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs