दोलखा जिल्ला गौरीशंकर गाउँपालिकामा माओवादीको अग्रता कायमै, ३६७ मतले एमाले पछाडि

Advertisement 1

सुरक्षा सम्बादाता १७ मङ्सिर २०८१ दोलखा : दोलखाको गौरीशंकर गाउँपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ । ४ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । १२ वटा मतदानस्थलको २१ वटा मतदान केन्द्रमा जम्मा  ७ हजार ५ सय ८९ मत खसेको थियो । जम्मा ९ वटा वडामा  १५ हजार ७ सय १८ मतदाता रहेका थिए । ९ वटा  वडामध्ये वडा नं. १,२ र वडा नं. ३,४ को मत गणना भइसकेको हो ।

Advertisement 2

वडा नम्बर १,२, जुगुमा १५ सय ६६ मत गणना गर्दा नेपाली कांग्रेसले २४० मत, नेकपा माओवादी केन्द्रले ८०९ मत, नेकपा एमालेले ४ सय ४७ मत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १८, नेकपा एकीकृत समाजवादीले १४, राप्रपाले १२ मत र जसपाले ४ मत प्राप्त गरेको छ ।

Advertisement 3

त्यसैगरी वडा नं. ३ र ४ झ्याकुमा १ हजार ७ सय ९८ मतमा नेपाली कांग्रेसले ५ सय ५६ मत, नेकपा माओवादी केन्द्रले ५ सय ७१ मत, नेकपा एमालेले ५ सय ६६ मत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४२, नेकपा एकीकृत समाजवादीले १७, राप्रपाले १७ मत र जसपाले २ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

वडा नं.१, २ र वडा नं. ३, ४ को मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो नतिजा अनुसार नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी १ हजार ३ सय ८० मत पाएको छ । नेकपा माओवादी केन्द्र नेकपा एमालेभन्दा ३ सय ६७ मतले अगाडि देखिएको छ । कुल खसेको मतमध्ये वडा नं.१,२ मा १७ मत बदर भएको छ । वडा नं. ३, ४ मा २१ मत बदर भएको छ ।

गौरीशंकरमा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । २०७९ को निर्वाचनमा उपाध्यक्ष पदमा कांग्रेसबाट श्यामसुन्दर तामाङ  निर्वाचित भएका थिए । गत वर्ष हृदयघातका कारण उनको मृत्यु भएपछि आइतबार उक्त पदमा निर्वाचन भएको हो ।

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs