३७ वटा पदको नतिजा सार्वजनिक, ४ वटा बाकी

 

Advertisement 1

सुरक्षा सम्बादाता १७ मङ्सिर २०८१ काठमाडौं । पालिका उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ ।

Advertisement 2

दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र ३२ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जङ्गबहादुर शाही र मोरङको ग्रामथानमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।

Advertisement 3

 

पछिल्लो नतिजाअनुसार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीकी नरपुरा बुढा हुनुभएको छ । यसअघि पनि यहाँ माओवादी विजयी भएको थियो ।

यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । गएको चुनावमा यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादीले ६, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।

रुकुमको पुथा उत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए । अब एक मेयर, दुई उपाध्यक्ष र एउटा वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs