नेपाल र चीनबीच यिनि सम्झौतामा भयो हस्ताक्षर

Advertisement 1

सुरक्षा सम्बादाता १८ मङ्सिर २०८१ बेइजिङ: नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement 2

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।

सम्झौतापत्रमा, वसन्तपुर दरबार क्षेत्रमा चिनियाँ सहयोगमा भइरहेको पुनर्निर्माणसम्बन्धी कार्य सम्पन्न भएकाले सोको हस्तान्तरण गर्ने, व्यापार समझदारीमा सहयोग गर्ने, राँगाको मासुको प्रशोधन र निकासीलाई बढावा दिने, टोखा छहरे सुरुङ मार्ग निर्माणलाई गति दिने, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्य बढाउने तथा नेपालमा चिनियाँ भाषाको प्रबर्धन गर्ने रहेका छन् । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs