प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुन्छ, बीआरआईबारे अहिले बोल्नु हतार हुन्छ : का.वा अध्यक्ष ईश्वर पोखरेल

Advertisement 1

सुरक्षा सम्बादाता १८ मङ्सिर २०८१ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्नुभएको छ ।चीन भ्रमणको विषयमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भए पनि त्यो सत्य नरहेको बताउनुभएको हो । भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बीआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताउनु भयो ।

Advertisement 2

उहाँले बीआरआई परियोजनाबारे जोइन्ट स्टेटमेन्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताउनु भयो । उहाँले बीआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताउनु भयो ।

Advertisement 3

उहाँले बीआरआईलाई लिएर कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइए पनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गर्नुभयो ।

‘बीआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बीआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए,’ उहाँले भन्नुभयो, ‘त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं ।’

उहाँले थप्नुभयो, ‘हाम्रा प्रधानमन्त्रीको समकक्षी चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौं । थप विवरण त भोलि जोइन्ट स्टेटमेन्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरु भएका छन् । कुराहरु फलदायी ढंगले भएका छन् ।’

उहाँले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा कांग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताउनु भयो ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs