त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मार्कसीट क्याम्पसबाटै

 

Advertisement 1

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मार्कसीट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । अबदेखि मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको बताइएको छ ।

Advertisement 2

कार्यालयबाट प्रवाह हुने सेवालाई क्रमशः डिजिटलाईजेसन गर्दै लैजाने अवधारणअनुरुप २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणालीअन्तर्गत परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कसीट सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाइएको हो ।

Advertisement 3

कार्यालयले भोलिदेखि आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा रिजल्ट मेनु छनोट गरी मार्कसीट विकल्पमा गई प्रिन्ट गरी उपलब्ध गराउन भनेको छ ।

सूचनामा लेखिएको छ, ‘मिति २०८१ मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा रिजल्ट मेनु छनोट गरी मार्कसीट विकल्पमा गई प्रिन्ट गरी विद्यार्थीहरुलाई उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।’ विद्यार्थीहरुले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट जानकारी लिन सकिने पनि कार्यालयले जनाएको छ ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs