कोहलपुर महोत्सव विशेष बृहत् पत्रकार सम्मेलन सम्पन्न

Advertisement 1

सुरक्षा संवाददाता
१९ मंसिर २०८१ कोहलपुर ; विश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी ,जोगाइ राखौं भेषभुषा भाषा संस्कृति भन्ने मुख्य नारा सहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद द्वारा संचालित प्रथम कृषि पर्यटन व्यापार संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) विशेष बृहत् पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको मुख्य प्रवेश द्वारको रुपमा रहेको विकसित सहर कोहलपुरको न्युरोड खुल्ला मैदानमा संचालन हुन लागेको आदिवासी जनजाति समन्वय परिषदले आयोजना गरेको प्रथम महोत्सव भब्य र सभ्य ढंगले संचालन हुने आयोजकले जानकारी दिनुभएको छ ।

Advertisement 2

बुधबार आयोजना गरिएको बृहत पत्रकार सम्मेलन गर्दै आगामी पौष ०९ गते देखि १७ गते सम्म संचालन हुने महोत्सवमा चर्चित रास्ट्रीय कलाकार संगै अन्तरास्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने जनाइएको छ। त्यस्तै महोत्सवका उद्देश्य र आकर्षणहरुमा संस्थाले आदिवासी जनजातिहरुको संयुक्त संग्राहलय निर्माण गर्ने ,बौद्ध गुम्बालाई थप ब्यवस्थापन गर्ने ,जातीय भाषाकाे कक्षा संचालन र असाहय वृद्ध वृद्दा र बालबालिकाहरुलाई सहयोग गर्ने ,हात्ती र उटको प्रदर्शनी गराउने ,नगरस्तरिय सामुदायिक तथा संस्थागत प्रा.वि,नि.मा.वि .मा.वि र उच्च मा.वि साथै ३२ वटा सामुदायिक वन उपभोक्त समिती संगै विभिन्न संघसंस्थाहरु बाट झाँक्री र्याली प्रदर्शन गराउने,स्कुल कलेजस्तरीय नृत्य प्रतियोगीता संचालन गरिने जस्ता थुप्रै सामाजिक उत्तरदायी कार्यहरु गर्ने आयोजकले जानकारी दिनुभएको छ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs