Advertisement 1
सुरक्षा सम्बादाता २० मङ्सिर २०८१ काठमाडौं : बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा बसेको छ। चीन भ्रमणको क्रममा बुधबार बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि आज साँझ कार्यदलको बैठक बसेको हो।
Advertisement 2
बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहेका छन्।
बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका थिए। आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिए।
Advertisement 3
‘अस्ति मैले आमसभामा पनि ऋण लिन जाँदै छैनौं। ऋण सम्बन्धि कुरा पनि चलेन, छलफल पनि भएन। हामीले यस पटक बीआरआईअन्तर्गतका विभिन्न परियोजनाका कुरा गर्यौं।’हरेक परियोजनामाअन्तर्गत पछि हामी छुट्टै छलफल गर्छौं, सम्झौता गर्छौं, कसरी कार्यान्वयन गर्ने भनेर।’ ओलीले थपे,‘हामीले अहिले जे प्राप्त गरेका छौं, सम्झौता ऋण होइन। ऋणको कुरा किन आउँछ। ऋणको सारंगी किन पटक-पटक बजिरहेको छ। ह सञ्चारमाध्यमबाट पनि सोही अनुसार समाचार आएका छन्। ऋणसँग सरोकार राख्दैन, हरेक प्रोजेक्टको छुट्टाछुट्टै सम्झौता हुन्छन्।’
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।
यी हुन् फ्रेमवर्कभित्र परेका परियोजना
टोखा-छहरे टनेल
हिल्सा-सिमिकोट सडक योजना
किमाथांका-खाँदबारी सडक र पुल
जिलोङ-केरुङ-काठमाडौं रेलमार्ग
अमरगढी सिटी हल प्रोजेक्ट
जिलुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारण लाइन
मदन भण्डारी प्राविधिक विश्वविद्यालय
काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
चीन-नेपाल औद्योगिक पार्क दमक
झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स