स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन्

Advertisement 1

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८२ काठमाडौं । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

Advertisement 2

अहिले विवाह समारोह भइरहेको छ । समारोहमा प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायत उपस्थित छन् ।

Advertisement 3

प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले गाएका ‘मायालु तिमी कता छौ’ लगायत गीत चर्चित छन् । सायुज्यले एमबीए अध्ययन गरेका छन् । उनी व्यवसायी रहेको बताइएको छ । स्मिताले अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs