मध्यरातमा ठाउँ स्थानान्तरण गर्ने काम कानूनतस् बर्जित छ;संविधानविद् डा. भीमार्जुन आचार्य

 

Advertisement 1


सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं; संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गर्ने काम गरिएको भन्दै विरोध गरेका छन् । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानको लागि चितवनमा राखिएको बेला सो जिल्लाबाट कास्की मध्यरातमा लगिएको घट्नाबारे संविधानविद् आचार्यको यस्तो टिप्पणी आएको हो ।

 

Advertisement 2

आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्राउ गर्ने, बयान लिने र ओसारपसार गर्ने सबै काम कानूनतः बर्जित रहेको स्मरण गराएका छन् । उनले रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गरिएको कार्यले विधिको शासनलाई पूनः लज्जित तुल्याएको बताएका छन् ।

आचार्यले सञ्जालमा लेखेका छन्–

Advertisement 3

शाही आयोगले मध्यरातमा देउवालाई गिरफ्तार गरेको बिरूद्द ०६२जेठ १ गते नेपालमा मेरो लेख प्रकाशित थियो।अपवाद बाहेक नागरिकलाई मध्यरातमा पक्रने,बयान लिने,ओसारपसार गर्ने सबै काम कानूनतस् बर्जित छ।रवि लामिछानेलाई मध्यरातमा ठाउॅं स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुन लज्जित पारेको छ।

 

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs