नवनिर्वाचित वडाध्यक्ष पक्राउ

 

Advertisement 1

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ जनकपुर। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सपथ लिने क्रममा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement 2

नवनिर्वाचित वडाध्यक्ष पक्राउ पर्नुको कारण बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको खुलेको छ । उनीविरुद्ध यिनै ३ वटा कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई व्यक्तिको हत्यादेखि बलात्कार र अपहरण तथा बेपत्ताको कसुरमा समेत उनी जोडिएको प्रहरीको भनाइ छ ।

उनी विरुद्ध तीन वर्ष अघि २०७८ चैत १२ गते बलात्कार र कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा र २०८० जेठ १० गते  अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जाहेरी परेकोे थियो ।

Advertisement 3

उच्च अदालत जनकपुरको राजविराज इजलासबाट पनि २०८० चैत ४ गते परमादेश समेत जारी भइ उच्च सरकारी वकिलको कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते उक्त परमादेश समेत आएको थियो ।

त्यसपछि साह विरुद्ध अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको थियो । सोही अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs