नेपाल पत्रकार महासंघको चुनावमा पनि एमाले-कांग्रेस गठबन्धन

 

Advertisement 1

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं; नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सत्तारुढ दलका पत्रकार संगठनहरुबीच गठबन्धन हुने भएको छ । नेपाली काँग्रेसको प्रेस युनियन र एमालेको प्रेस चौतारीले मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।

Advertisement 2

उनीहरुले भागबण्डासमेत मिलाइसकेको बताइन्छ । दुबै संगठन निकटका केही पत्रकारहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेअनुसार महासंघको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित पाँच र युनियनले आठ पद लिने सहमति भएको छ ।


त्यस्तै प्रदेशतर्फ कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिनेगरी भागबण्डा मिलाइएको छ । ४१ जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिने सहमति भएको छ ।

Advertisement 3

यता, विपक्षी गठबन्धनका तर्फबाट माओवादी निकट प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीलाई अध्यक्षमा अघि सारिएको छ । गिरीको संयुक्त प्यानलमा प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठनले मिलेर उम्मेदवारी दिएका छन् ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs