बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको रघुवीर महासेठको जिकिर

 

Advertisement 1

 

Advertisement 2

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं;नेकपा एमालेका सचिव रघुवीर महासेठले चीनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै बिआरआई परियोजना नेपाल र भारतका लागि नै फाइदाजनक भएको दाबी गरे। उनका अनुसार, बिआरआईमार्फत नेपालमा रेल र सडक जस्ता कनेक्टिभिटीका पूर्वाधार विकास हुँदा भारतले पनि लाभ लिन सक्नेछ।  बिआरआई परियोजना नेपालमा विकासको ढोका खोल्ने भएकोले, यसमा भारतको आपत्ति बिना अघि बढ्नुपर्नेमा उनको जोड थियो।

Advertisement 3

उनले भने,‘‘बिआरआईबाट भारत तर्सनुपर्ने काम छैन। नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र? नेपालले जसरी रेल बनाएका छ। काठमाडौं केरुङ र काठमाडौं रक्सौल उहाँहरु नै सहयोगी हुनुहुन्थ्यो। हाम्रो पालामा सम्झौता भएको हो। त्यो रेल बन्यो भने भारतले महिना दिन लगाएर सामान ल्याउँछ। नेपाल–चीन रेल र सडक मार्ग बन्दा एक दिनमा चीनबाट भारत पुग्छ। त्यसैले भारत पनि बिआरआईबाट तर्सनु हुँदैन।”

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले महासेठले बिआरआईको मुख्य उद्देश्य आर्थिक सहकार्य र कनेक्टिभिटीको विकास भएको भन्दै, यसलाई भारतको बिरोधमा नभइ, नेपालका लागि आवश्यक ठानेर अघि बढाइएको उल्लेख गरे।

 

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs