सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा ४० जना पदाधिकारी सिफारिस

 

Advertisement 1

सुरक्षा सम्बादाता २२ मङ्सिर २०८१ काठमाडौं : पुनः नियुक्तिको लागि लबिङ गर्ने पुराना पदाधिकारीलाई पन्छाउँदै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पदाधिकारीमा नयाँ अनुहारलाई ‘सर्ट लिस्ट’ गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मि श्र संयोजकको सिफारिस समितिले दुवै आयोगका पदाधिकारीका लागि शुक्रबार ‘सर्ट लिस्ट’ गरेको हो ।

Advertisement 2

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाअनुसार अध्यक्षमा ८ जनाको नाम सिफारिस गरिएको छ । छनोट सूचीमा रहेकाहरूमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, काशीराज दाहाल, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक र महेश थापा छन्् । स्रोतका अनुसार, अध्यक्षमा ८ र सदस्यमा ३२ जनाको नाम छनोट गरिएको छ । सदस्य छनोटमा समावेशितालाई समेत ध्यान दिइएको छ ।

आयोगमा नियुक्तिको लागि योग्य व्यक्तिहरूको संक्षिप्त सूची शनिबार प्रकाशन गरिने समितिका प्रवक्ता खम्मबहादुर खातीले जानकारी दिए । प्रवक्ता खातीका अनुसार, अध्यक्ष र सदस्यमा सिफारिस भएका ४० जना व्यक्तिहरूको मानव अधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको पृष्ठभूमि रहेको छ ।

Advertisement 3

पूर्वप्रधानन्यायाधीश मि श्र संयोजकत्वको सिफारिस समितिमा मनोज दवाडी, अर्जुनबहादुर कार्की, स्टेला तामाङ र खम्मबहादुर खाती सदस्य छन्् । समितिले सर्वसम्मत रूपमा नामहरू सिफारिस गरेको जनाइएको छ ।

सार्वजनिक प्रतिक्रिया लिइने

समितिले यस पटक सिफारिसका क्रममा न्याय र मानव अधिकारको क्षेत्रमा काम गरेका व्यक्तिलाई बढी प्राथमिकता दिएको पाइएको छ । सिफारिसमा सूचीमा परेका व्यक्तिहरूको पृष्ठभूमि, कार्यशैली र व्यवहारका बारेमा सार्वजनिक प्रतिक्रिया लिइने भएको छ ।

समितिका प्रवक्ता खातीका अनुसार, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, मानव अधिकारको गम्भीर उल्लंघनसम्बन्धी कसुरमा सजाय पाएको, सशस्त्र द्वन्द्वमा संलग्न रहेको हो ÷होइन भनी सार्वजनिक प्रतिक्रिया लिइनेछ ।

मंसिरमै नियुक्ति

सार्वजनिक प्रतिक्रियासमेतको आधारमा उपयुक्त देखिएको व्यक्तिलाई दुवै आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिको लागि सिफारिस गरिने प्रवक्ता खातिले बताए । ‘यही मंसिर महिनाभित्र नै नियुक्तिको लागि सिफारिस गर्ने तयारी छ,’ उनले भने । नियुक्त हुने अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs