क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संघीयताको नकारात्मक पक्षबारे बहस गर्ने राजनीतिक प्रतिवेदन पारित

 

Advertisement 1

 

सुरक्षा सम्बादाता २२ मङ्सिर २०८१ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संघीयताको अहिलेकै मोडेलको पक्षमा उभिएको छ । तीन तहको संघीय संरचनाको विकल्प खोज्न आवश्यक नरहेको तर, यसमा देखिएका नकारात्मक पक्षबारे बहस गर्ने गरी मूल राजनीतिक प्रतिवेदन पारित भएको छ ।

Advertisement 2

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको महाधिवेशनमा छ । संयोजक वैद्यले महाधिवेशनमा मूल राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उनले संघीयताको वर्तमान मोडेलको विकल्प नखोज्ने तर यसको व्यवहारिक अभ्यासमा कमीकमजोरी रहेकाले बहस गर्नुपर्ने प्रस्ताव गरेका थिए । जसलाई महाधिवेशनको हलले सर्वसम्मत रुपमा पारित गरेको हो ।

 

Advertisement 3

नेताहरूका अनुसार पार्टीले पहिचान र आत्मनिर्णयको आधिकारसहितको संघीयतालाई कार्यान्वयनमा लैजान पहलकदमी लिनेछ ।

 

यो राजनीतिक प्रतिवेदन पारित हुनु अगाडि महाधिवेशन प्रतिनिधिहरूले संयोजक वैद्य र अर्का नेता सन्तबहादुर नेपालीको फरक राजनीतिक प्रतिवेदन अध्ययन गरेका थिए ।

 

नेपालीले अहिलेको संघीयताको मेडेल परिवर्तन गर्नुपर्ने र दुई तहको राज्य संरचना रहने शासकीय स्वरुपको पक्षमा उभिने प्रस्ताव गरेका थिए ।

बहुमत महाधिवशन प्रतिनिधिहरू हालको संघीयताको मोडेलको विकल्प खोज्न आवश्यक नरहेको तर संघीयताको खराब अभ्यासको विरोध गर्नुपर्ने पक्षमा उभिए । त्यसपछि संघीयताको अभ्यासको विषयमा बहस गर्ने गरी मुल राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पास भएको हो ।

 

महाधिवेशनमा १६ जा मुल प्रस्ताव पेस भएका थिए । १५ वटा फरक प्रस्ताव पेस भएका थिए । फरक प्रस्तावलाई मुल प्रस्तावमा समावेश गर्ने गरी पारित भएको छ ।

प्रकाशित : ७ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs