राष्ट्रिय मानव अधिकार आयोगले लग्यो दुई उच्चपदस्थ प्रहरी अधिकारीको बयान

Advertisement 1

सुरक्षा सम्बादाता २४ मङ्सिर २०८१ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एबम पुर्व गृहमन्त्री रवि लामिछाने माथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ । आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको हो ।

Advertisement 2

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका छन् । आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै आज बोलाएको थियो । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाएको बताए । ‘बाहिर उठेका विषयहरुबारे हामीले सोध्यौं । उहाँहरुले आफ्नो भनाइ राखेर जानुभएको छ । हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानलाई निरन्तरता दिन्छौं’, पोखरेलले भने ।

Advertisement 3

दुवै प्रहरी अधिकारीले हिजो चितवन प्रहरीले जारी गरेको विज्ञप्तिमा टेकेर जवाफ दिएका थिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएका छन् ।

डा. पोखरेलले आवश्यकता महसुस भएमा आईजीपी कुँवरलाई फेरि बोलाएर बयान लिने जानकारी दिएका छन् ।।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs