प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको बेलामा सिन्को पनि नभाँचेको प्रचण्डको टिप्पणी

 

Advertisement 1

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको बेलामा सिन्को पनि नभाँचेको टिप्पणी गरेका छन्।

Advertisement 2

चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेका सहमति र सम्झौतालाई फोटोकपी गरेर प्रचार गरिराखेको बताए।

उनले अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको पनि बताए।

Advertisement 3

उनले भने, ‘म चीन भ्रमणमा जाँदाको महत्वपूर्ण ठूला सम्झौताहरु, परम्परागत सीमा नाका नखुल्दा उत्तरी सीमाका जनता र देशको समग्र अर्थतन्त्रलाई निक्कै अफ्ठ्यारो स्थिति थियो। मेरो भ्रमणमा भएको सहमति अनुसार सबै नाकाहरु खुलिसकेका छन्। अब हामीले आफ्नोतिरको बाटो खोल्नुपर्ने अवस्था छ।’

उनले प्रधानमन्त्री ओलीलाई देखेर दया लागेको पनि टिप्पणी गरे।

उनले थपे, ‘दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध र नेपालको बृहत्तर हितको लागि गरिएको समझदारी दुरगामी थिए। मलाई अहिले खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ हाम्रो अहिलेका प्रधानमन्त्रीलाई देख्दा। मैले गत साल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिराख्नुभएको छ। ती सबै गत साल गरिएका सहमति र समझदारी हुन्। केपी ओलीले नयाँ भनेको एउटा सिन्को भाँचेको मैले देखेको छैन। तैपनि मलाई गर्व छ मैले गरेका कामलाई केपीजीले मान्यता दिए नि। त्यसका लागि उहाँलाई धन्यवाद छ।’

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा सीमाको समस्या समाधान गर्ने घोषणा गरेको पनि स्मरण गरे।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs