Mon. Oct 7th, 2024

२० पौष २०८० कोहलपुर ; ” सम्मानित निजि क्षेत्र समुन्नत नेपाल ” मुख्य नारा रहेको कोहलपुर उधोग बाणिज्य संघको २५औं रजत जयन्ती तथा १०औं बार्सिक साधारणसभा संघको आफ्नै नवनिर्मित सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष लक्ष्मण राज पौडेलले गरेका थिय भने प्रमुख अतिथि नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल विशिस्ट अतिथि लुम्बिनी प्रदेश माननीय दुर्गा प्रसाद चौधरी ,महासंघका केन्द्रिय पदाधिकारी रहेका थिय प्रमुख अतिथि ढकाल समय ब्यस्तताका कारण भौतिक रुपमा उपस्तिथि जनाउन नसकेपनि भिडियो कल मार्फत सम्बोधन गरेका हुन भने कार्यक्रम को उद्घाटन अध्यक्ष ढकालको निर्देशनमा महासंघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्य बाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिय ।

कार्यक्रमका सभाध्यक्ष एवम संघका अध्यक्ष लक्ष्मण राज पौडेलले स्वागत मन्तब्यका क्रममा कोहलपुर उधोग बाणिज्य संघले आफ्नो उत्सव साथै ब्यापारिहरुका समस्या र आगामी कार्ययोजना सम्बन्धी छलफल गर्ने कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनलाग्नु भएका महासंघका अध्यक्ष ज्यु लाई कालोझण्डा देखाउने भन्ने हो हल्ला हामिले थाहा पायौं यो विसयमा त्यो झण्डा कसलाई ..? कसले …? कसरि ..? जस्ता प्रश्न समेत गरे साथमा बैंकको ब्याज ब्यापारीले बढाएको हो कस्तो तर्क हो? आफुलाइ भासण गर्न नदिएको प्रतिसोध चुनाव हारेको भरमा त्यस्ता गतिविधी नगर्न अपिल समेत गरे ।


कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नेकपा एमाले नगरकमीकाअध्यक्ष नम प्रसाद शर्माले कुनैपनी देशको अर्थतन्त्र बलियो हुन त्यो देशका उधोग कलकारखाना मजबुत हुनुपर्छ र ब्यवसायी स्वतन्त्ररुपमा कृयाशिल हुनुपर्छ । उनले जोडे देशमा रोजगारी को उपयुक्त अवसर नहुँदा युवाहरूले अन्यमुलुकमा कामगर्न जान्छौं भन्दा २ जना युवाहरूले ज्यान गुमाउनु पर्यो यो दु:खद कुराहो उहाहरुपर्ती दुखब्यक्त गर्दछु । ब्यवसायको नाममा केही ब्यापारी साथिहरुले नयाँ संस्था खोल्ने प्रचलन आएको छ यस्तो विसयलाइ के भनम प्रश्न गरेका छन । त्यस्तै नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेलले केही समय अगाडि राज्यले विधुत प्रयोग बापत ठुलाब्यापारीहरुको लाइन काट्दा महासंघले बोल्यो यो ब्यापारीहरुका लागि राहत हो म धन्यवाद दिनचाहान्छु उनले नेपाल उधोग बाणिज्य महासंघ र महासंघका अध्यक्ष को खुलेरै बचाउ समेत गरे । कोहलपुर नगरपालिका वडा नम्बर-११का अध्यक्ष कल्पना शर्माले स्थानीय ब्यापारीहरुको समस्या धेरै नैरहेको ले स्थानीय सरकारको नाताले कोहलपुर नगरपालिका प्रमुख समेत उपस्थित हुनपर्ने हो उहाँ हुनुभएन स्थानीय सरकारले ब्यापारीहरुका समस्या बुझनु पर्ने हो ।
महासंघका केन्द्रिय अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले तत्कालीन समयमा महासंघको नेतृत्वमा धेरै राम्रा कामपनी भएकाछन बैंकको ब्याज घटाउने प्रणाली तय गर्यो यो महासघंको नै नेतृत्व रहेको जानकारी दिय उनले भने डेडिकेटेट लाइन को विसयमा मन्त्रालयमा कार्यक्रम भएको कारणले उपस्थित हुन नसकेको जानकारी दिए ।नेपाल उधोग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाही वर्तमान समयमा यस्तो खालको गम्भीर समस्या सृजना हुँदा पनि सरकार संचालन गर्ने हरुले असहज परिस्थिति मात्र आएको बताउछन । बैंकको ब्याजका विसयमा सरकारले वेवास्ता गरेको हामीलाई महसुस भएको छ यस विसयमा आन्दोलन अंझै गर्न पर्ने जिकिर गरे ,औद्योगिक क्षेत्र विकास र पर्यटन ब्यवसायमा पनि राज्यले उपयुक्त लगानी गरेकोमा मात्र यो क्षेत्रको विकास सम्भब रहेको बताय र त्यसको सहकार्यमा निजिक्षेत्र संधैव तयार रहेको जिकिर गरे । सरकारले ब्यवसायीसंगका सहमतिहरु कागजमा मात्र सिमित नभै ब्यवहारिक हुनुपर्ने बताए । नेपाल उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा ले सम्भाब्यताको अध्यन विनानै जोसुकैले ब्यवसाय गरेको ले पनि जटिल्ता सृजना भएको तसर्थ ब्यवसायको अध्यन र तालिम पश्चात् मात्र ब्यवसाय अनुमति दिन सरकार संग आग्रह गरे उनले थपे कोभिड पछि करिब २७ लाख युवाहरू विदेसियको उनले बताए हालै बजारमा मिसन ८४ को कुरागर्दै राजनिती गरिरहेको र यो अहिलेको आवश्यकता नभएको जिकिर गरे । कार्यक्रमका विशिस्ट अतिथि एवम् नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले कोहलपुर नगरपालिकाको आह्वानमा भएको छलफल र अनुगमनमा कोहलपुर बसपार्क नेपालकै १ नम्बर बसपार्क रहेको र त्यसको ब्यवस्थापन लगानीको लागि महासंघले अन्तरक्रिया समेत गरेर भएपनि सहयोग गर्ने साथै कोहलपुर भ्यु टावर को समेत संचालनमा महासंघ प्रतिबद्ध रहेको जिकिर गरे । कार्यक्रमका प्रमुख अतिथि ज्यु कसैले कालो झण्डा देखाउने भएको कारणले नआएको भन्ने हल्ला साँचो नभएको बताए। रास्ट्रबैंकको तराइमासिक मौद्रिक नितिमा महासंघको सक्रियताले सकारात्मक परिवर्तन भएको विस्वास समेत दिलाए । अहिले बजारमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई जेजती ब्लेम लाग्ने गरेको छ, उहाँको जेजती बैंकमा शेयरमूल्य छ त्यो भन्दा बढी रिण रहेको बताए । उनले थपे ठुलाब्यापारिले तिर्ने प्रीमियम थोरै भएको र साना ब्यापारीहरुले तिर्नु पर्ने प्रीमियम धेरै भएको भन्ने छ यो विसयलाइ समानता गर्न महासंघ तदारुकताका साथ लागेको र परिणाम निस्कने जिकिर गरे । सरकारले प्रदेश संरचना लाई स्वायत्त अधिकार दिएको मा उधोगी ब्यापारी हरुलाइ सजिलो हुने भएको ले आफुहरुले पहल चालिरहेको बताए । ब्यापारीहरुको क्षेत्रसम्बन्धी केही सबल कार्यक्रमहरुपनी संचालन गर्न लागेको बताए र अन्त्यमा उधोगिहरुको पक्षमा संधैब नेपाल उधोग बाणिज्य महासंघ प्रतिबद्ध रहेको बताए।


कार्यक्रममा आ.ब २०७९/०८०मा संघले आयोजना गरेको कोहलपुर महोत्सव बाट प्राप्त प्रती टिकट बापतको १ रुपैयाँको दरले हुनआउने जाम्मा रकम नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाका संरक्षक नारायण प्रसाद गौडेल लाई संघका अध्यक्ष लक्ष्मण राज पौडेलले चेक हस्तान्तरण गरेकाथिय।कार्यक्रममा संघको भवन निर्माणका क्रममा सहयोग गर्ने उधोगी ब्यवसायिहरुलाई सम्मान समेत गरिएको थियो उद्घाटन सत्रको समापन संघका उपाध्यक्ष चण्डी प्रसाद गैरे ले गरेका थिय भने साधारणसभा को वन्दसत्र कार्यक्रम सोही दिन हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *