सुरक्षा संवाददाता
१८ चैत २०८० कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर -५ मा तीन महिने सिलाइ कटाई र एक महिने गुडिया बनाउने तालीम आइतबार उद्घाटन भएको हो ।
पछिल्लो प्राविधिक सीप आजको आवश्यकता साथै स्वरोजगार बनाउने उदेश्य अनुरुप वडा बासिहरुलाइ आत्मनिर्भर बनाउने आधारभूत तालिम संचालन गरिएको वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ ले बताउनु भएको हो । तालीम मा करिब २४ जना सिलाइ कटाई र २३ जना लाई गुडिया बनाउने तालिम मा सहभागी भएका हुन ।
आइतबार एक कार्यक्रमका विच तालिम हुने स्थान मा वडा अध्यक्ष र कोहलपुर नगरपालिका आर्थिक शाखा प्रमुख अग्नि सापकोटाले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका हुन । अध्यक्ष श्रेष्ठले संचालन गरेको तालिमले सहभागी सम्पुर्णले इमान्दारीता पुर्वक दैनिक सहभागी भइ गुणस्तरीय सीप सिकि आत्मनिर्भर बन्न अनुरोध र अपिल गर्नु भएको हो ।
प्राविधिक शिक्षा र सिपले मात्र मानिसको जिवनमा सकारात्मक परिवर्तन आउने भएको हुनाले पछिल्लो समय वडा अध्यक्ष श्रेष्ठको सक्रियतामा वडा नम्बर -५ मा दक्ष र सिपयुक्त जनशक्ति उत्पादनमा लागिपरेको पाइएको हो । तालिममा सहभागीहरुको दैनिक दिन अनुगमन नियमन समेत हुने भएको ले सिपसिक्न प्रतिबद्ध हुन अनुरोध गरेका हुन ।