Mon. Oct 7th, 2024

सुरक्षा सम्बादाता ।
३० भदौ २०८१ काठमाडौं; नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोल र डिजेलको मूल्य घटेर आएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४६.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *