Mon. Oct 7th, 2024

दिनेश राज न्यौपाने
२३ भदौ २०८१जानकी; बाँकेको जानकी गाउँपालिकामा झाडापखालाका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर -५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य

कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन । मृतक तेलिको परीक्षणमा हैजाको जीवाणु देखिएको नदेखिएको खानेपानी प्रशस्त नखाएको र उपचार ढिलो भएकाले मृत्यु भएको हुनसक्छ श्रेष्ठले बताएका छन। तेलिको मृत्यु संगै जानकी गाँउपालिकामा तीनजनामा झाडापखालाका बिरामी भेटिएका छन् ।तीन जनामध्ये एकजनाको भेरी अस्पताल उपचार भइरहेको छ ,अर्का एकजनाको पालिकाको स्थानीय

स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडापखालाका र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *