दिनेश राज न्यौपाने
२१ भदौ २०८१नेपालगन्ज ; डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार नेपालगन्ज निवासी अनुजा सिंह राठौरलाई प्रदान गरिएको छ। उद्यमी अनुजा सिंह राठौंरलाई लुम्बिनी प्रदेश भरीबाट सर्वोत्कृष्ट उधमिको रुपमा छनोटमा पर्नु भएको हो ।
प्रत्येक बर्ष प्रदेश स्तरीय उत्कृष्ट उधमीलाई प्रदान गरिने ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार यश बर्ष सर्वोत्कृष्ट उधमिको छनोटमा पर्नु भएकी अनुजा सिंह राठौरलाई प्रदान गरिएको हो । लुम्बिनी प्रदेशभरी बाट करिब १ लाख महिला लघु उद्यमीलाई पछाडी पार्दै बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका निवासी राठौरले नगद ५० हजार र प्रमाणपत्र सहित पुरस्कार ग्रहण गर्नु भएको हो ।
लघुवित्त क्षेत्रमा लामो इतिहास बोकेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट २०७५ सालमा कर्जा लिएर नेपालगन्जको बिपि चोकमा अनुजा डेरी उद्योग’ सञ्चालनमा ल्याउनु भएकी राठौरले ब्यवसाय फस्टाउनका साथै करिब पाँच जनालाई रोजगारी दिइरहनु भएको छ । शुक्रबार नेपालगन्जमा भएको सर्वोत्कृष्ट उधमी सम्मान एवम पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी नेपालगन्ज
उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष देवेन्द्रबहादुर राउतको अध्यक्ष तामा भएको कार्यक्रममा संस्थाका सचिव यादवराज पाण्डे र कार्यकारी अधिकृत अञ्जु पाण्डे लगायतका विशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । सर्वोत्कृष्ट उधमिको रुपमा छनोट हुनुभएकी अनुजा सिंह राठौरले पुरस्कार ग्रहण पश्चात् फाउन्डेसनलाई धन्यवाद दिनुका साथै आफुलाई काम गर्न थप हौसला प्रदान भएको बताउनु भएको हो ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको बाँके शाखामा आवद्ध रहनु भएकी उद्यमी सदस्य अनुजा फुलटेक्रा महिला स्वावलम्बी समुहको सदस्य हुनुहुन्छ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मिनबहादुर हमालले मुल्यांकनका विभिन्न आधारबाट नेपालगन्ज निवासी अनुजा सिंह राठौर लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघु उद्यमी घोषित भएको बताउनु भएको हो।
क्षेत्रीय प्रबन्धक हमालका अनुसार २०४७ सालमा स्थापना भएको यस संस्थामा हालसम्म मुलुकभर करिब ४ लाख महिला उद्यमी आवद्ध रहेका बताउनु भएको हो।