Mon. Oct 7th, 2024

सुरक्षा संवाददाता
२५ जेष्ठ २०८१ जनकपुर ; नयाँ सरकार गठनका लागि आह्वान गरेको समय शुक्रबार सकिँदै छ।
मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय शुक्रबार सकिन लागेको हो । गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन । 
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाइसके पछि प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार  मुख्यमन्त्री पदमा दाबी पेस गर्न शुक्रबार बिहान १०:०० बजेसम्मको समय दिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *