दिनेश राज न्यौपाने
२८ ब्जदौ २०८१ कोहलपुर ; पश्चिम नेपालको प्रमुख शहरको रुपमा स्थापित कोहलपुर नगरपालिकामा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा क्यान्सर अस्पतालको स्थापना भएको छ।
अस्पतालले नया संचालक समिती परिवर्तन भए संगै कलेजले MBBS,MD/MS,BSC Nursing विषयमा अध्यापन हुँदै आएकोमा यसै शैक्षिकसत्र देखि BDS,BMLT,BMITका कोर्सहरु थप गरेको हो ।
अस्पताल बाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ आगामी असोज महिना देखि मुटुरोग सम्बन्धि विशिस्टकृत CATH LAB,Intervantional Radiology सेवा सुरु हुने अस्पतालले जनाएको छ। शुक्रबार एक कार्यक्रमका बिच प्रेस विज्ञपति जारी गर्दै सुबिधा सम्पन्न क्यान्सर अस्पताल भवनको शिलान्यास गरेको अस्पतालले जनाएको छ।
पछिल्लो समय अस्पतालमा आवस्यक पर्ने थप उपकरणहरुको जडान पश्चात् सेवा प्रवाह हुने अस्पतालका संचालक खुमानन्द अर्यालले बताउनु भएको छ।