Mon. Oct 7th, 2024

सुरक्षा रास्ट्रीय दैनिक
२४भदौ २०८१ काठमाडौँ ; नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाहीसहित तीन जना नेपाली नागरिक सिंगापुर प्रहरीको सर्वाधिक खोजीमा परेका छन्।

पछिल्लो समय आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा सिंगापुर प्रहरीले डिएसपी हेमबहादुर शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहलाई इन्टरपोलमार्फत सोधखोज गरेको हो। सिंगापुर प्रहरीले अनुसन्धानका लागि नेपाल प्रहरीसँग उनीहरुको पृष्ठभूमि र अन्य सम्पुर्ण विवरण माग गरेको छ।

सो सम्बन्धमा नेपाल प्रहरीले पनि आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ। एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत रहेका जंगबहादुर लामो समयदेखि मलेसियामा बस्दै आएका ब्यक्ति हुन भने दीपेन्द्रबहादुर शाह माओवादीका स्थानीय नेता हुन् ।

दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । डिएसपी शाही हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन्। इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्ज हुँदा हेम र दीपेन्द्रको परिचय भएको खुलेको हो ।

परिच पश्चात् डिएसपी शाहि दिपेन्द्रको निम्तोमा मलेसिया घुम्न पुगेका थिए। महेन्द्र लामो समयदेखि नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्न देखिएका ब्यक्ति हुन। सिंगापुर प्रहरीको इनक्वाईरिमा परेका उनीहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत निगरानी गरिरहेको प्रहरी प्रधानकार्यालयका केन्द्रिय प्रहरी प्रवक्ता प्र.ना.म.नि दान बहादुर कार्किले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *