दिनेश राज न्यौपाने
३० भदौ २०८१ कोहलपुर ; सरकारले मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र सोमबार सार्वजनिक बिदा दिएको छ।
आइतबार एक सार्वजनिक बिदा सम्बन्धि सूचना जारी गर्दै बिदा दिएको छ। २०८०-१०-२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती ( मोहम्मद दिवस)का दिन नेपालि मुस्लिम
धर्मावलम्बीहरुका लागी सार्वजनिक विदा दिने ब्यवस्था अनुसार बिदा दिएको मन्त्रालयले जनाएको छ। मुस्लिम आयोग बाट भोलि सोमबार भदौ ३१ गते मोहम्मद जयन्ती ( मोहम्मद दिवस) पर्ने भनी पत्र प्राप्त भएकोले सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भएको छ।