सुरक्षा सम्बादाता
२५ भदौ २०८१ दाङ ; लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष राजीनामा बुझाएका छन्। कुर्मीले राजीनामा बुझाएको मुख्यमन्त्री आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले बताएका छन।
कुर्मिको राजीनामा स्वीकृत हुन भने बाँकी नै रहेको छ। कुर्मीको राजीनामा लिएर मुख्यमन्त्री आचार्य र नेपाली कांग्रेस प्रदेश ससंदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच छलफल भइरहेको घिमिरेले बताएआ छन।
मन्त्री कुर्मीलाई बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र हत्यामा संलग्न रहेको आरोप छ। २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिकले बताउँदै आएका छन्। प्रहरी अनुसन्धानमा पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरू फेला परेको बताइएको छ।
मन्त्री कुर्मि गत निर्वाचनमा बाँके क्षेत्र न.३ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। नागरिक स्तरबाट विरोध हुँदाहुँदै पनि कांग्रेसले उनलाई मन्त्री बनाएको थियो।