Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सुर्खेत । आज कर्णाली प्रदेश स्थापना दिवस भव्य रुपमा मनाइँदैछ । यस अवसरमा आन्दोलनका क्रममा प्राण आहुति दिने महान् सहिदहरू—स्व. यामबहादुर बीसी, टिकाराम गौतम, हरिबहादुर कुँवर, गोपालसिंह रजवार लगायतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सडक आन्दोलनदेखि सिंहदरबारसम्मको लामो संघर्षपछि २०७२ भाद्र ४ गते सातौं प्रदेशको रूपमा कर्णाली प्रदेश घोषणा भएको थियो । त्यसअघि भएको आन्दोलनमा सुर्खेत र जुम्लामा प्रहरीको गोली लागेर चार जनाले शहादत प्राप्त गरेका थिए भने सयौं घाइते र केही अपांग बनेका थिए ।

आन्दोलनको उत्कर्ष

संघीयताको प्रारम्भिक खाकामा मध्यमाञ्चललाई ६ प्रदेशमा मात्र सीमित गरिएको थियो । तर अखण्ड मध्यपश्चिम चाहिन्छ भन्ने नारा लिएर सुर्खेत, जुम्ला, कालिकोटदेखि काठमाडौंसम्म आन्दोलन तात्यो । विद्यार्थी, नागरिक समाज, व्यापारी, पत्रकार सबै सडकमा उत्रिएपछि आन्दोलन अनियन्त्रित बन्दै गयो ।

सिंहदरबारसम्मको दबाब

त्यस समय संविधानसभामा रहेका कर्णालीका नेताहरू—पूर्णबहादुर खड्का, जीवनबहादुर शाही, नरेश भण्डारी लगायतले नेतृत्व तहमा निरन्तर दबाब दिएका थिए । तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूसँग निरन्तर संवाद र भेटघाट भए ।

दबाब र वार्तापछि ६ प्रदेशको प्रारम्भिक निर्णय सच्याई १० जिल्ला समेटेर सातौं प्रदेश घोषणा गरियो । पछि २०७४ फागुन १२ गते प्रदेशसभाले सर्वसम्मत निर्णय गर्दै यसको नाम “कर्णाली प्रदेश” राख्यो ।

योगदानप्रति सम्मान

कर्णाली प्रदेशको जन्म कुनै एक दल वा नेताले मात्र सम्भव पारेको होइन, बरु सहिदहरूको बलिदानी, आन्दोलनमा अग्रभागमा उभिएका घाइते, अपांग, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी र सम्पूर्ण कर्णालीवासीको सामूहिक प्रयासको फल हो।

प्रदेश स्थापना दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरिँदै विभिन्न कार्यक्रम सम्पन्न भएको छ । “एकतामा बल छ, सहकार्यबाटै समृद्धि सम्भव छ” भन्ने सन्देश आज पनि कर्णालीवासीका लागि मार्गदर्शक बनेको छ ।

“सहिदका सपना पूरा गर्दै समृद्ध कर्णालीतर्फ अघि बढ्ने दिन हो आज” — प्रदेशवासीको साझा भावना यही बनेको छ ।

अन्य प्रदेश प्रति प्रश्न उठि रहेता पनि कर्णाली अझ शशक्त अधिकार सम्पन्न हुनसकेमा भाैगाेलिक बिकटता र प्राकृतिक प्रचूर सम्भाब्यता लाई परिचालन गरेर राष्ट्रिय अर्थतन्त्रका टेवा पुगाउन र आय आर्जन बनाउन र राेजगारी सृजना गर्न सकिने आधार क्षेत्र बन्नेछ ।

त्यस समय पाटीकाे नेतृत्व तहमा रहेका नेपाली कांग्रेसका बर्तमान उपसभापति एबं पुर्ब उपप्रधानमन्त्री पूर्ण बहादूर खड्का लगायत संविधानसभामा रहेका मा. जीवन बहादूर शाही लगायत आन्दाेलनकाे अग्रमाेर्चामा रहेका हाल कर्णाली प्रदेश याेजना आयाेगका सदस्य माननीय अशाेक नाथ याेगीका अनुसार कर्णालीका भराेशायाेग्य नेता नेपाली कांग्रेसका उपसभापति एबं पूर्ब उपप्रधानमन्त्री भावी सभापति र प्रधानमन्त्री काे पदमा पुग्ने अनुभव र क्षमता बटुलि सक्नु भएकाे कुशल नेतृत्व हालसम्ममा मुख्यमन्त्री हरू बर्तमान मुख्यमन्त्री यामलाल कँडेल,पुर्ब मुख्यमन्त्री जीवन बहादूर शाही लगायत पुर्ब मुख्यमन्त्री हरू मिलेर र कर्णालीका नेताहरूले मिलेर सम्भावित नेतृत्व लाई अगाढी बढाएर समृद्विकाे यात्रालाई अगाढी बढाउन सकेमा कर्णालीको सपना पूरा गर्न सकिने ५० बर्षकाे गुरु याेजना बनाएर साझा मुद्वा बाेकेर हिड्नु पर्ने बताउनु भयाे ! प्रदेश प्रति प्रश्न उठि रहे पछि कर्णाली प्रदेश अझ शशक्त बनाउनु पर्ने मिलेर सुशाशन र समृद्धिकाे यात्रामा हातेमालाे गरेर सहिदका सपना पूरा गर्नु पर्ने बताउनु हुन्छ !

जय कर्णाली !!!

✍️मा.अशाेक नाथ याेगी
(सदस्य कर्णाली प्रदेश याेजना आयाेग)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech