नेकपा एमालेबाट निर्वाचित, बालिका बलात्कारका आरोपी पुर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति

 

Advertisement 1

 

Advertisement 2

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ झापा; बालिका बलात्कारको आरोपमा पक्राउ परेका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाले अनुमति दिएको छ।

Advertisement 3

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको जानकारी दिए।

आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

 

पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो।

ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।

ती बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई पढाइदिने शर्तमा घरको काम गर्न शिवाकोटीले राखेका थिए।

शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs