मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादी यूएईबाट पक्राउ

Advertisement 1

 

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ रुकुम; मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ परेका छन्।

Advertisement 2

रूकुम पश्चिम आठबिसकोट नगरपालिका ५ ठेगाना भएका निराजन नेपालीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

Advertisement 3

एनसीबी अवुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई उक्त मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते रेड नोटिस जारी भएको थियो।

उनलाई सम्बन्धित कसूर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs