एक करोडभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप

Advertisement 1

 

सुरक्षा सम्बादाता २५ मङ्सिर २०५ काठमाडौं; आन्तरिक राजस्व विभागले एक करोडभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गरेको छ।

Advertisement 2

विभागले मंसिर २३ गते गरेको निर्णयको आधारमा मंगलबार सूचना जारी गर्दै यसअघि दिएको म्याद थप गरी पुस मसान्तभित्र पुर्‍याएको हो।

आयकर ऐनको दफा ९६ ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ।

Advertisement 3

त्यस्तै दफा ९८ ले तोकिएको समयमा विवरण बुझाउन नसकेमा मनासिब कारण देखाइ निवेदन दिन सक्ने र त्यस्तो निवेदन मनासिब देखिएमा पटक–पटक वा एकै पटक गरी अधिकतम तीन महिना म्याद थप गर्न सक्‍ने व्यवस्था गरिएको छ।

यसको अर्थ अधिकतम पुस मसान्तभित्रको समय दिनसक्ने व्यवस्था गरिएको हो।

यसअघि विभागले असोज ७ गते सूचना जारी गर्दै वार्षिक एक करोड बराबरको कारोबारमा आय विवरण बुझाउने म्याद थप नहुने अर्थात असोज मसान्तभित्र नै बुझाउनु पर्ने बताएको थियो।

वार्षिक २५ करोड रूपैयाँ बराबरको कारोबार गर्ने निकायलाई मंसिर मसान्त र २५ करोडभन्दा बढी कारोबार गर्ने निकायलाई पुस २० गतेसम्म आय विवरण बुझाउन सक्ने गरी म्याद दिएको थियो।

यस विरुद्धमा सर्वोच्च र उच्च अदालतमा रिट परेको थियो। उच्च अदालतले पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।

 

विकागमा उप महानिर्देशक गोपिकृष्ण कोइरालाले विभागले तोकेको म्यादभित्र नै निवेदन दिएका उपर मंसिर २३ गते नै बैठक बसेर समय थप गर्ने निर्णय लिएको बताए।

‘एक करोडभन्दा तलको कारोबारमा हामीले असोज मसान्तभित्रको समय दिएका थियौँ, त्यसभन्दा माथिको कारोबारमा मंसिर मसान्तसम्म र पुस २० गतेसम्मको समय थियो। हामीले तोकेको समय अगावै करदाताले फेरि म्याद थपको आग्रह गरेकोले पुस मसान्तसम्‍मकै (अधिकतम दिन मिल्ने) समय दिइएको हो,’ कोइरालाले भने।

उनले एक करोडभन्दा तलको कारोबारको हकमा तोकिएको म्याद पहिलेनै सकिएको कारण म्याद थप गर्न नसकिने बताए।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs