दुर्गा प्रसाईंलाई २ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति

Advertisement 1

 

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ काठमाडौँ । दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Advertisement 2

 

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबर सम्बन्धी आरोपबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । तर, अभियोग पत्र तयार नभएपछि उनलाई थप हिरासतमा राख्न समय मागिएको थियो । बुधबार जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।

Advertisement 3

मंसिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंसँग आपराधिक लाभ लिन नहुने कसुरमा बयान लिइएको छ । अनुसन्धान अधिकृत र काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन् । मंगलबार एक्स्टर्सन सम्बन्धी मुद्दाको बयान सकिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

 

अहिले उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसार्ईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs