५४९.२०० ग्राम सुन सहित २ जना भारतीय नागरिक पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता ०७ पुस २०८१ कैलाली; आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको छ ।

Advertisement 2

धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए ।

Advertisement 3

‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइछिपाइ ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो’, उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौं ।’

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ । पक्राउ परेकामध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs