मधेसी आयोगद्वारा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि आक्रमण गर्नेहरूमाथि कानूनी कारबाहीको माग

Advertisement 1

सुरक्षा सम्बादाता ०७ पुस २०८१ काठमाडौँ; मधेसी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकहरूमाथि भएको सामूहिक आक्रमणमा संलग्नहरूको तत्काल पहिचान गरी कानूनी कारबाही गर्न प्रहरी मुख्यालयलाई पत्र पठाएको हो।

आइतबार आयोगले प्रहरी मुख्यालयलाई पत्र पठाउँदै हतियार प्रयोग गरी जनकपुर बोल्ट्सका समर्थकहरूलाई घाइते बनाउने र सामाजिक सञ्जालमा जातीय तथा भेदभावपूर्ण टिप्पणी गर्ने समूहको पहिचान गरी कारबाही गर्न निर्देशन दिएको हो।

Advertisement 2

आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले यस्ता घटना अन्य समुदायहरूले मधेसी समुदायप्रति नकारात्मक धारणा राख्ने संकेत भएको बताएका छन् ।

डा. दत्तले राज्य र प्रहरी प्रशासनले यस्ता घटनाप्रति संवेदनशीलता नदेखाए सामाजिक सद्भाव र देशको समग्र विकासमा गम्भीर असर पर्ने जिकिर गरे।

Advertisement 3

आयोगका सदस्य जीवन साहको नेतृत्वमा उच्चस्तरीय टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको विस्तृत जानकारी सङ्कलन गरेको छ।

अध्यक्ष डा. दत्तले अनुसन्धानको निष्कर्षका आधारमा आयोगले अझ कडा निर्णय लिने बताए।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs