नेत्र बिक्रम चन्द बिप्लव र सिकेका मुद्दा फिर्ता भैसकेको कानुन मन्त्रालयका सचिवको जिकिर

Advertisement 1

 

सुरक्षा सम्बादाता ०७ पुस २०८१ काठमाडौं; कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि केही मुद्दा फिर्ता भइसकेको बताएका छन् ।

Advertisement 2

आइतबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सचिव सापकोटाले यस्तो जानकारी दिएका हुन् ।

Advertisement 3

सरकारले केही नेपाल ऐन संसोधन विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने उल्लेख गरिएको छ ।

यो प्रस्ताव सिके राउत र विप्लवसँग तत्कालीन सरकारले सहमति गरेकै आधारमा ल्याइएको कानुन सचिव सापकोटाले बताए । छुट्टै ऐन ल्याउने कि केही नेपाल ऐनमार्फत ल्याउने भन्ने त्यसबेला पनि चलेको र केही नेपाल ऐनमार्फत ल्याइएको उनले बताएका हुन्  ।

यसबीचमा सरकारले दुवै दलको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिइसकेको सचिव सापकोटाले बताए । ‘जनमत पार्टी र विप्लवको पार्टीको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता भइसकेको छ’, उनले समिति बैठकमा भने ।

अन्य मुद्दाका सम्बन्धमा गृहकार्य आवश्यक रहेको र त्यसमध्ये कतिपयको अदालतबाटै टुंगो लागिसकेको उनले बताए ।

यो पृष्ठभूमिमा सरकारले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिन तयार भएको उनले बताए । आवश्यक परे छुट्टै ऐन ल्याउन सकिने उनले बताए ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs