रविलाई निलम्बन गर्न संसद सचिवालयमा पुग्यो पत्र

सुरक्षा सम्बादाता ०७ पुस २०८१ पोखरा; सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न पत्र संसद सचिवालयमा पुगेको छ ।

Advertisement 1

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयमा आइपुगेको प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालय कास्कीबाट पत्र प्राप्त भएको छ । त्यसको प्रक्रियो सोमबार सुरु हुन्छ होला’, गिरीले जानकारी दिए ।

Advertisement 2


‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।

Advertisement 3

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs