मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान

 

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौँ; जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस केन्द्रित विभिन्न दललाई सहकार्यका लागि आह्वान गरेका छन् ।

 

Advertisement 2

अध्यक्ष त्रिपाठीले सोमबार विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भइरहेको अवस्थामा दलहरूको बिचमा सहकार्य आवश्यक रहेको जनाएका छन् ।

 

Advertisement 3

त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

 

देशको बिग्रिँदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा रहेको र यो गति निरन्तर ह्रासोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले ग्रामीण जनजीवन पनि आक्रान्त अवस्थामा रहेको जनाएका छन् ।

 

जनतामा रहेको आशावाद खस्किँदो र नैराश्यता बढ्दो रहेको भन्दै अध्यक्ष त्रिपाठीले यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरू बिच सहकार्यको आवश्यकता औँल्याएका छन् ।

 

यस कार्यलाई मूर्त रूप दिन अध्यक्ष त्रिपाठीले आफ्नो पार्टीको तर्फबाट डा.शिवजी यादवको संयोजकत्वमा वार्ता टोली पनि गठन गरेका छन् । सो वार्ता टोलीमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सदस्य छन् ।

 

अध्यक्ष त्रिपाठीले यसअघि पनि लोसपालगायतका दलसँग सहकार्यका लागि वार्ता अगाडि बढाएका थिए । तर त्यसको नतिजा बाहिर नआउँदै उनले पुनः सहकार्यका लागि आह्वान गरेका छन् । महन्थ ठाकुरबाट अलग भएर वृषेशचन्द्र लालले गठन गरेको तमलोपासँग अध्यक्ष त्रिपाठीले मोर्चाको घोषणा गरिसकेका छन् तर हालसम्म मोर्चाका तर्फबाट प्रभावकारी राजनीतिक गतिविधि भने अगाडि बढेको देखिँदैन ।

 

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs