विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काठमाडौं; विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सी र विदेशी कलेजहरुलाई कार्बाही गर्ने धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ । मंगलबार राजधानीको संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारीले शिक्षामा भएको विकृति, विसंगतिको अन्त्य तथा त्यसको सुधारका लागि संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

Advertisement 2

पत्रकार सम्मेलनमा नवनिर्वाचि अध्यक्ष विरेन्द्र शाहले आफ्नो कार्यकालमा नेपाली शिक्षामा भएको विकृति विसंगतिमाथि अत्याधिक प्रहार गर्ने बताएका छन् । अध्यक्ष शाहले शिक्षामा व्यापारीकरण, माफियाकरणसँगै वैदेशीक हस्तक्षेप बढेको बताउँदै भने,“विदेशी सम्बन्धनका नाममा विद्यार्थी लुट्ने मात्रै नभएर नीति–नियममा नरहने अनि देशमाथि हस्तक्षेप गर्ने षड्यन्त्रविरुद्ध हाम्रो निगरानी हुनेछ ।”

सामुदायीक शिक्षलाई कमजोर बनाउने खेलप्रति आक्रोष व्यक्त गर्दै अध्यक्ष शाहले मन्त्री, सांसद, राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरु, प्राध्यापक, शिक्षकहरुले लगानी गरेको निजी विद्यालयका विरुद्ध संघर्ष गर्ने बताए । उनले सरकारका उच्च पदस्त व्यक्तिहरुले आफ्ना छोराछोरीहरु अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्नेसमेत जोड दिएका छन् ।

Advertisement 3

 

उपाध्यक्ष रुपा बुढामगरले निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य तत्काल नरोकिए आन्दोलन गर्ने चेतावनी दिईन् ।


महासचिव उषाकिरण विश्वकर्मा‘आजाद’ले निजी शैक्षिक संघसंस्था चलाएर जनतालाई लुट्ने कार्य भइरहेको बताउँदै भने,“सरकारका उच्चपदस्त व्यक्तिहरुले नै सार्वजनिक शिक्षालाई कमजोर बनाएका छन् ।” आफूहरुले शिक्षामा भएको अत्याचारको अन्त्य गर्न जुनसुकै हदमा जाने चेतावनी दिदै आजादले भने,“हामी सुरुमा कलममार्फत संघर्षको सुरुवात गर्छौ नभए हतियारसम्म उठाउन कसैले रोक्दैन ।”

अखिल (क्रान्तिकारी) को मङ्सिर २८ देखि ३० गतेसम्म पोखरामा भएको २३ औं राष्ट्रिय सम्मेलनले  संगठनका निवर्तमान अध्यक्ष मिलन राईलाई विदाई गरेर विरेन्द्र शाहलाई अध्यक्ष चयन गरेको थियो ।

उक्त राष्ट्रिय सम्मेलनले शाहको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सम्मेलनले उपाध्यक्षमा रुपा बुढा मगर र डिबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवहरुमा गोविन्द विष्ट, डिबी शाही, प्रेमप्रशान्त बोहोरा, रमेश सुनार र हरि विष्ट, त्यसैगरी कोषाध्यक्ष कमला परियार निर्वाचित गरेको जनाएको छ ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs