सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न गृहमन्त्रालयको अनुरोध

Advertisement 1

सुरक्षा सम्बादाता ०९ पुस २०८१ काठमाडौं; गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक र दर्ज्यानी चिह्वन प्रयोग गरेको पाइएको भन्दै गृहले त्यस्तो नगर्न भनेको हो ।

Advertisement 2

कसैले प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ । गृह मन्त्रालयले पत्र नै काटेर सबै जिल्ला प्रशासनलाई उक्त कार्य रोक्न दिर्नेशन दिएको छ ।

Advertisement 3

‘‘सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक तथा दर्ज्यानी चिह्नहरू सम्बन्धमा द्विविधा वा भ्रम उत्पन्न हुन गई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटना हुने तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा बाधा हुन सक्छ, ’’ जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs