नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बिप्लवको दाबी

सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौँ; नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक केन्द्र नेपालले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा उनले पार्टी एकताबाट पछाडि नहटेको बताएका हुन् ।

Advertisement 1

‘एकताका लागि हामी सबै सकारात्मक छौँ । हाम्रो केन्द्रीय समिति बैठकको निर्णयले नेकपा एकतामा नआउने हल्ला भयो । त्यो कुरा सत्य होइन । एकता हामी सबैको चाहन हो । आज पनि नेकपा माओवादी, समाजवादीसहित सबैको एकता र ध्रुवीकरण आवश्यक छ’, उनले भने ।

यस्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा र आफूबिच कुनै असमझदारी नभएको उनले दाबी गरे । दुवै जना एउटै मोर्चाका दुई सिपाही भएकाले केही समय टाढा भएपनि अहिले एकै ठाउँमा उभिएको उनले दाबी गरे ।

Advertisement 2


‘हामी एउटै मोर्चामा लडेका दुई सिपाही हौँ । केही समय टाढा बसेर फेरि एक ठाउँमा उभिएका छौँ । हामीबिच केही समस्या छैन । बिचमा भिन्नभिन्न मोर्चाबाट लडाइँ लडियो अहिले समीक्षा चल्दैछ’, उनले भने, ‘जनयुद्धलाई नयाँ उचाइमा पुराउन नयाँ पुस्ताबिच प्रतिस्पर्धा थियो । माओवादीको मन शान्त छैन । मन शान्त नभइ दिमाग स्थिर छैन । फुट्दा फुट्दा २० वटा घटक भइसक्यो । हरेक माओवादी घटकमा यसबारे बहस हुन्छ । हामी शान्त भएर बस्ने मान्छे होइन । हामी सबै मिलेर समाजवाद ल्याउन चाहन्छौँ ।’

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs