घुससहित पक्राउ परेका ट्राफिकका सई विरूद्ध भ्रष्टाचार मुद्दा दायर

 

Advertisement 1

सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं; जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुससहित पक्राउ परेका सई बुढाथोकीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

Advertisement 2

बुढाथोकीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

Advertisement 3

बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs