विप्लवसँग भएको ३ बुँदे सहमति तलमाथि भएको छैन; सरकार

Advertisement 1

सुरक्षा सम्बादाता ११ पुस २०८१ काठमाडौं; नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको सहमति तलमाथि नभएको बताएका छन् ।

पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले विप्लवसँग भएको ३ बुँदे सहमति तलमाथि नभएको बताएका हुन् ।

Advertisement 2

‘विप्लवले के भने मलाई थाहा भएन । केही नेपाल ऐन संशोधनमा हामीले केही सहकारीसँग जोडिएका तीन/चारवटा ऐनहरूलाई एकीकृत गरेर त्यसलाई संशोधन गर्ने र संसदीय प्रतिवेदन समितिले सुझाव दिएका विषयलाई पनि समावेश गरेर अहिले हामीले नयाँ ऐन बनाएको हो,’ प्रवक्ता गुरुङले भने ।

Advertisement 3

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग २० फागुन २०७७ मा ३ बुँदे सहमति गरेर विप्लव नेतृत्वको पार्टी हिंसात्मक भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । उक्त सहमतिमा नेता–कार्यकर्तालाई लागेका मुद्दा सरकारले फिर्ता लिने उल्लेख छ ।

 

यो सहमति कार्यान्वयन गर्न भनेर ल्याइएको केही नेपाल ऐन संशोधन विधेयकको एउटा प्रस्तावित व्यवस्थाबाट सरकार पछि हट्न लागेको भनेर विप्लवले असन्तुष्टि जनाउँदै आएका छन् ।

 

विप्लव र सिके राउत नेतृत्वको पार्टीसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले २०८० वैशाखमा केही नेपाल ऐन संशोधन विधेयक ल्याएका थिए ।

 

उक्त विधेयकको दफा ६४ मा यससम्बन्धी व्यवस्था छ । जहाँ सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिनसक्ने व्यवस्था प्रस्तावित छ ।

यो व्यवस्थाको दुरुपयोग हुन्छ भनेर सार्वजनिक रुपमा विरोध हुँदै आएको छ । त्यही विरोधलाई आधार मानेर सरकारले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने घोषणा गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको यस्तो घोषणापछि विप्लवले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार आफैंले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफैं पछाडि फर्किन, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको छ,’ महासचिव विप्लवले भनेका छन् ।

विप्लवको यस्तो प्रतिक्रियापछि नेपाल सरकारका प्रवक्ताले ३ बुँदे सहमति तलमाथि नभएको बताएका हुन् ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs