गुप्तचरमा व्यापक सरुवा र बढुवा [सुचीसहित]

Advertisement 1

सुरक्षा सम्बादाता १३ पुस २०८१ काठमाडौं; राष्ट्रिय अनुसन्धान विभागमा हिजो शुक्रबार व्यापक सरुवा र बढुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा आज डीएसपीबाट एसपीमा बढुवा र केही एसएसपीहरुको एकैलटमा सरुवा गरिएको हो।

स्रोतका अनुसार डीएसपीबाट बढुवा हुनेमा उमेश पान्डे, हिरन्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मन्डल रहेका छन्।

Advertisement 2

यस्तै एसएसपी दर्जाको पनि सरुवा गरिएको बताइएको छ। जसअनुसार सुदूरपश्चिमका निमित्त प्रमुखसमेत रहेका एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर बनाएर पठाइएको छ। त्यहाँका राजन उप्रेती विभागमा तानिएका छन्।

यस अगाडि सुदूरपश्चिमबाट डीआईजी किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तानेर निमित्तको रुपमा अधिकारीलाई सुदूरपश्चिम पठाइएको थियो। तर उनी पनि ३ महिना टिकेनन्।

Advertisement 3

साथै स्रोतले बताएअनुसार एसएसपी पप्पु शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभागमा पुगेका छन् भने एसएसपी नरेश शाहलाई विभागबाट एअरपोर्ट पठाइएको छ। त्यस्तै एसएसपी भुमी पाठक ललितपुरबाट विभाग पुग्दा रिबेन गच्छदार विभागबाट काठमाडौ जिल्ला पुगेका छन्।

यस्तै एसएसपी रमेश चन्द्र यादव सुरक्षा परिषद्बाट ललितपुर पुगेकोमा विकास पान्डेलाई काठमाडौबाट विभागमा सरुवा गरिएको छ भने उर्मिला ढुंगाना पनि सरुवा भएर विभागमा पुगेकी छन्।

 

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs