नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

 

Advertisement 1

सुरक्षा सम्बादाता १६ पुस २०८१ बर्दिया; धर्मेन्द्र बास्तोला नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को बर्दिया जिल्लाको प्रथम जिल्ला भेला बर्दियाको गुलरिया सम्पन्न भएको छ। भेलाले प्रताको नेतृत्त्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

Advertisement 2

भेलामा पार्टीका नवौ महाधिवेशन आयोज समिति सदस्य तथा ६ नं ब्युरो इन्चार्ज संगम, पार्टीका नवौ महाधिवेशन आयोज समिति सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज शक्ती लगाएतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज भरतले संचालन गरेका थिए ।

कार्यक्रममा आफ्नो शूभकामना मन्तव्य राख्दै सँगमले राज्य भ्रष्टाचार, घुसखोर, जनविरोध, जनघात, राष्ट्रघातको केन्द्र बनेको र भ्रस्टाचारका कारण सामाजिक, राजनैतिक,आर्थिक तथा सांस्कृतिक रूपले तिव्रगतिमा विगठनको दिशामा गईरहेको बताएका छन् । मन्तव्यकै क्रममा बर्दिया जिल्ला इञ्चार्ज शक्तिले नेपाली जनताका विरुद्ध गरिएका गतिविधि र जनतालाई थप शोषण, दमन र उत्पीडनमा पार्ने जोकोहि लाई नेकपा (बहुमत)ले सडकमा घिसार्ने र जनकारवाही गर्ने साथै राजनैतिक पार्टी, स्थानीय तहका जनप्रतिनिधिको संरक्षणमा भएको दलाली, मिटर व्याजी, लघुवित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने,निजी तथा सार्वजनिक विद्यालयहरूले महंगो शुल्कअसुले, किसानले समयमा नै मल र बीउ नपाउने जस्ता तमाम समस्या समाधानको निम्ति नेकपा (बहुमत)ले एक मुठी सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन् ।

Advertisement 3

प्रकाशित : १ महिना अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs