लामिछानेलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

सुरक्षा सम्बादाता १० माघ २०८१ काठमाडौं ;राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि भोलि उपस्थित हुने शर्तमा छाडेको छ ।

Advertisement 1

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

Advertisement 2

जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ ।

हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ ।

Advertisement 3

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs