ताप्लेजुङका सिडिओलाई ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राउ

सुरक्षा सम्बादाता १५ माघ २०८१ ताप्लेजुङ;प्रहरीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

Advertisement 1

प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजक समेत रहेका ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो।

Advertisement 2

ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

उनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको आरोप छ।

Advertisement 3

त्यही बेला मादेनले सिडिओ नेत्रप्रसाद शर्मालाई धम्की दिएका थिए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs